मेयर कप फुटबलः वडा नं. १३ र वडा नं. १५ विजयी

धनगढी, वैशाख २४ । धनगढी उपमहानगरपालिकाको आयोजनामा वडा नं.१२ मा जारी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गतका खेलमा वडा नं.१३ र वडा नं. १५ विजयी भएका छन् ।

मनकामना युवा क्लबको मैदानमा भएको पहिलो खेलमा वडा नंं.१३ विजयी भएको छ । वडा नं.१३ ले वडा नं.११ लाई ४–० ले हराएको हो । आफ्नो वडालाई जिताउन वडा नं. १३का लागि दिपक रानाले दुई सुनील राना र विशाल चौधरीले १–१ गोल गरे ।


दोस्रो खेलमा वडा नं.१५ विजयी भएको छ । वडा नं.१ लाई वडा नं.१५ ले टाईब्रेकर मार्फत पराजित गर्दै जित हात पारेको हो । निर्धारित समयसम्म दुवै टीमले गोल रहित बराबरी खेलेपछि पेनाल्टी मार्फत खेलको निर्णय गरिएको थियो । पेनाल्टीमा वडा नं. १५ ले वडा नं.१ लाई ३–२ ले किनारा लगाएको हो ।

नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका १९ वटै वडाका टीमहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उपविजेतालाई ५१ हजार नगद पुरस्कार दिईनेछ । प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ । वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाईने छ । मेयर कप आयोजना गर्नका लागि धनगढी उपमहानगरपालिकाले झण्डै ९ लाख रकम बजेट समेत विनियोजन गरेको छ ।

कमेन्ट गर्नुहोस्