प्रधानमन्त्री र राष्ट्रपतिको फोटो जोडेर भ्रम फैलाउने प्रधानाध्यापक पक्राउ

काठमाडौं, वैशाख २४ । सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचारसहित अश्लिल गाली गर्ने सिन्धुपाल्चोक फटकशिला मा.विका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईं प्रहरीले पक्राउ गरेको हो ।

चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्