चलचित्र ‘ए मेरो हजुर ३’ ले मनाउला ५१ औं दिन ?

काठमाडौं, वैशाख २४ । गतवर्षको अन्तिम चलचित्रमध्येको एक ‘ए मेरो हजुर ३’ अहिले चौथो हप्तामा प्रदर्शनरत छ । गतवर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छक्का पञ्जा ३’ पछि खडेरी लागेको नेपाली चलचित्रको व्यापारलाई चलायमान बनाएको यस फिल्मले पहिलो र दोस्रो हप्ता बक्सअफिसमा लोभलाग्दो व्यापार गर्‍यो । फिल्मले पहिलो हप्तामै ४ करोडमाथि व्यापार गरेको थियो । अहिलेसम्म फिल्मले ९ करोडको आँकडा छोएको हुनसक्ने फिल्म विश्लेषकको अनुमान छ ।

यस फिल्मको दुई हप्ता लामो दबदबा हलिउडको ठूलो फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ले तोडेको थियो । तेस्रो सातामा यस हलिउड चलचित्रको कारण ‘ए मेरो हजुर ३’ मल्टीप्लेक्समा न्यूज सोजमा खुम्चिएको थियो । मुलुकको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई तेस्रो साताको शुक्रवार १४ सोजबाट हटाएर तीन सोजमा झारेको थियो । चौथो हप्ताको शुक्रवार फ्रेस नेपाली फिल्म ‘दाल भात तरकारी’ का कारण थप दुई सोज घट्यो ।

याे पनि पढ्नुस  प्रदीपले भने- ' अबदेखि चकलेटी हिरोको भूमिका गर्दिनँ'

तर, दोस्रो साताबाट हलिउड फिल्म ‘एभेन्जर्स’ मा दर्शकको घडेरी लागेको छ । ‘दाल भात तरकारी’ को माउथ पब्लिसिटी पनि कमजोर हुँदा ‘ए मेरो हजुर ३’लाई लोट्री लागेको छ । चौथो हप्ताको शुक्रवार क्यूएफएक्समा एक सोजमा खुम्चिएको फिल्मले आइतबारबाट फ्रेस फिल्म बराबरकै सोज हात पारेको छ । आइतवार फिल्मले पाँच सोज र सोमवार ६ सोज पाएको छ । अन्य मल्टीप्लेक्सहरुमा पनि फिल्मलाई अझै राम्रो सोज छ ।

याे पनि पढ्नुस  शुक्रबारदेखि देशभरको हलहरुमा चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शन

क्यूएफएक्सले ठूलो संख्यामा सोज घटाएर फेरि बढाउनुले ‘ए मेरो हजुर ३’ हेर्ने दर्शक अझै राम्रो रहेको प्रस्ट्याउँछ । निर्माण टिम फिल्मले केही हलमा ५१ औं दिन मनाउनेमा विश्वस्त छ । समीक्षकबाट खासै राम्रो प्रतिक्रिया पाउन नसकेको फिल्मलाई दर्शकले भने रुचाएका छन् । झरना थापा निर्देशित फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा केन्द्रिय भूमिकामा छन् । यो फिल्मले अनमोलको फिल्म करिअरको पर्खालमा एउटा इट्टा थपेको छ ।

याे पनि पढ्नुस  ‘नेप्टे’ मा दयाहाङ नायकबाट बने खलनायक

आजसम्म उनका कुनै फिल्मले बक्सअफिसमा ८ करोडमाथि व्यापार गरेको रेकर्ड छैन । क्याप्टेन र ‘कृ’ को कमजोर व्यापारले उनको स्टारडममाथि धेरैले प्रश्न उठाएका छन् । ‘ए मेरो हजुर ३’ ले उनको स्टारडमलाई फेरि उत्कर्षमा पुर्‍याएको छ । झरना पुत्री सुहानालाई पनि यस फिल्मबाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । उनले ‘डि सिने अवार्ड’ मा नव–अभिनेत्रीको अवार्ड समेत उचालिसकेकी छन् ।

कमेन्ट गर्नुहोस्