चलचित्र ‘दयारानी’को रिलिज मिति सर्यो

काठमाडौं, वैशाख २४ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर चलचित्र ‘दयारानी’ को रिलिज डेट पोन्टपोन्ड भएको छ । आगामी जेठ १० गतेबाट सरेर यो फिल्म साउन ३० मा पुगेका छ।

अब बक्सअफिसमा यो फिल्मको भिडन्त विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’सँग हुनेछ । फिल्मको रिलिज डेट पोस्टपोन्ड हुनुको कारण एक हप्ता अगाडिको फिल्म ‘जात्रै जात्रा’ बताइएको छ ।

याे पनि पढ्नुस  कतै कैटरिनाकै जस्तै अवस्था साम्राज्ञीको पनि त हुने होइन ?

यो फिल्ममा पनि अभिनेता दयाहाङ नै लिड रोलमा छन् । एक हप्ताको अन्तरमा दयाहाङको प्रमुख भूमिका रहेको दुई फिल्म प्रदर्शन हुने भएपछि ‘दयारानी’ को प्रदर्शन मिति केही समय पछाडि सारिएको निर्देशक माओत्से गुरुङले बताए । उक्त फिल्मले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा वाचन गरेको बताइएको छ ।

याे पनि पढ्नुस  अशिष्मा र अामेशकाे जाेडी जम्दै

सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक गुरुङ स्वयम्ले लेखेका छन् । फिल्ममा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि। कार्कीले खिचेका हुन् । यसमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् ।

याे पनि पढ्नुस  तीजमा जन्मदिन मनाउँदै दीपाश्री

लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ । अभिनेता दयाहाङको नामसँग मिल्दोजुल्दो भएका कारण फिल्मको नाम दयारानी नराखिएको निर्देशक गुरुङको भनाई छ । उनी भन्छन्, ‘गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । फिल्ममा अभिनेत्री दीयालाई दयालु युवतीको रुपमा ब्याख्या गर्न खोजिएको छ ।’

कमेन्ट गर्नुहोस्