‘प्रतिपक्षले पनि यो सरकारलाई ‘मेरो सरकार’ भने हुन्छ’

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकारलाई प्रतिपक्षले पनि ‘मेरो सरकार’ भन्न आग्रह गरेका छन् । संघीय संसदमा मंगललबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । उनले राष्ट्रपतिले मेरो सरकार भन्दा कसैले अल्मलिनु र आत्तिनुपर्ने अवस्था नरहेको भन्दै लोकतन्त्रलाई आशिंक रुपमा बुझ्ने गल्ती नगर्न आग्रह पनि गरे ।

प्रधानमन्त्रीले लोकतन्त्रप्रति नै गम्भिर प्रश्न उठेको भन्ने प्रश्नको जवाफ दिँदैँ भने, ‘लोकतन्त्रलाई राजनीतिक स्वतन्त्रताको अर्थमा मात्रै बुझ्ने गल्ती नगर्ने, लोक भनेको जनता र तन्त्र भनेको व्यवस्था शासन हो । जनताको शासनले जनताका सम्पूर्ण पक्षहरु, जनताका आवश्यकता, अधिकार जनताले प्राप्त गर्नुपर्ने सुविधा, सहुलियत, अवसर, सुरक्षा र सम्मान, सामाजिक न्याय लगायत समुचित न्यायलाई समेटेर, भविष्यको निम्ति सबै मानवजाति र धर्तीको निम्ति लोकतन्त्रलाई पूर्ण प्रयोग गरेको छ ।’

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमपछि सवैभन्दा वढि ध्यान मेरो सरकार’ मा गएको आफुलाई महशुस भएको बताए । ‘खन्यो पहाड, निक्ल्यो मुसो’ भने जस्तो भयो । अचम्म लाग्यो, यो दुनियाँभरको प्राक्टिस् हो । पोहोर थिएन भन्नुहुन्छ, हामी अभ्यास गर्दैछौँ । हाम्रा अभ्यासहरु कतिपय मिलेका छैनन् । ती अभ्यासलाई मिलाउँदै जानुपर्छ । यो बर्ष मेरो सरकार भन्ने मिल्यो । अर्कोपटक अरु धेरै मिल्नुपर्छ’ मेरो सरकार ‘प्राक्टिस’ भएको पनि प्रधानमन्त्रीको भनाई थियो ।

कमेन्ट गर्नुहोस्