नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज हुने

काठमाडौं, वैशाख २४ । नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्न पाउने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको तालिकाअनुसार नेपाल, ओमान र अमेरिकाबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म (२०७६ माघ २२ देखि २९) हुने आईसीसीले जारी गरेको विज्ञप्तिमा उल्ले छ ।

हालसम्म नेपालले प्रतियोगिताअन्तर्गत खेल्ने सुरुआती तीन सिरिजको मात्र स्थान टुंगो लगाएको छ ।

कमेन्ट गर्नुहोस्