विश्वकप क्रिकेटमा क्रिस मोरिसलाई मौका

काठमाडौं, वैशाख २४ । आउँदो ३० मे देखि इंग्ल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेटको रौनक सुरु भएको छ ।  विश्वकप आउन एक महिना पनि बाँकी नरहेका बेला प्रतियोगितमा सहभागिता जनाउने टिमका खेलाडी घाइते हुने क्रम भने रोकिएको छैन ।

अहिलेसम्म सबैभन्दा बढी दक्षिण अफ्रिकाका खेलाडी घाइते छन् । उसका स्टार खेलाडी डेल स्टेन, लुंगि एन्गीडी, एनरिच नोर्तजे र कागिसो रबाडा घाइते भएका छन् । यी चार खेलाडी मध्ये नोर्तजेको ठाउँमा अर्का स्टार खेलाडी क्रिस मोरिसले मौका पाएका छन् ।

नोर्तजे विश्वकप शुरु हने समयसम्म पनि पूर्णरुपमा स्वस्थ नहुने भएपछि उनको स्थानमा मोरिसले मौका पाएका हुन् । अन्य घाइते ३ खेलाडीमध्ये रबाडालाई सामान्य चोट लागेको बताइएको छ । दक्षिण अफ्रिकाले विश्वकपको पहिलो खेल इंग्ल्याण्डसँग उद्घाटन दिन (३० मार्च) मा खेल्ने छ ।  

कमेन्ट गर्नुहोस्