आइपीएलः धोनीको चेन्नईले टस जित्यो, मुम्बईलाई बलिङको मौका

काठमाडौं, वैशाख २४ । भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर अन्तर्गत मुम्बई इन्डियन्सविरुद्ध चेन्नई सुपरकिंग्सले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि चेन्नईमा शुरु हुँदैछ । 

तीन–तीन पटकका विजेता मुम्बई र चेन्नईको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । आजको विजेता टिमले फाइनलको टिकट काट्न सफल हुनेछ । पराजित टिम भने १० मेमा हुने दोस्रो क्वालिफायरमा एलिमिनेटर विजेतासँग भिड्ने छ ।

जारी सिजनको समूह चरणका दुवै खेलमा चेन्नई मुम्बईसँग हार बेहारेको थियो । साथै, चेन्नईको घरेलु मैदानमा मुम्बईले उत्कृष्ट प्रदर्शन गरेको रेकर्ड छ । मुम्बईले चिन्नास्वामी स्टेडियममा २०११ यता कुनै पनि खेलमा हार बेहोरेको छैन । पछिल्ला ५ खेल हेर्ने हो भने मुम्बई बलियो देखिन्छ । पाँच खेलमा चेन्नईले एक म्याचमा मात्र मुम्बईलाई हराउन सफल भएको छ । 

कमेन्ट गर्नुहोस्