१० लाख बढीको सुनसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं, वैशाख २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु १० लाख मूल्य बढीको सुनका बालासहित एक पक्राउ परेका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय आगमनको पार्किङ क्षेत्रमा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का बालकुमार मगरलाई करिब रु १० लाख १५ हजार बराबरको सुनका बालासहित आज प्रहरीले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  बलात्कार आरोपमा ठूलोबुबा र हजुरबुबा पक्राउ

उक्त स्थानमा अवैध रुपमा सुन सङ्कलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

कमेन्ट गर्नुहोस्