आइपीएलः चेन्नईले मुम्बईलाई दियो १३२ रनको समान्य लक्ष्य

काठमाडौं, वैशाख २४ ।  भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १३२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३१ रन बनायो ।

याे पनि पढ्नुस  आइपीएल फाइनलमा मुम्बईले टस जित्यो, चेन्नईलाई बलिङको मौका

उसका लागि अम्बाती रायडूले सर्बाधिक नटआउट ४२, कप्तान महेन्द्रसिंह धोनीले अविजीत ३७, मुरली विजयीले २६, शेन वाट्सनले १०, फाफ डुप्लेसीले ६ र सुरेश रैनाले ५ रन बनाए । बलिङमा मुम्बईका राहुल चाहरले २, जयन्त यादव र कुणाल पाण्ड्याले एक–एक विकेट हात पारे । 

याे पनि पढ्नुस  आइपीएलः मुम्बईद्वारा चेन्नईसामु १५६ रनको लक्ष्य

आजको विजेता टिमले फाइनलको टिकट काट्न सफल हुनेछ । पराजित टिम भने मे १० मा हुने दोस्रो क्वालिफायरमा एलिमिनेटर विजेतासँग भिड्ने छ । जारी सिजनको समूह चरणका दुवै खेलमा चेन्नई मुम्बईसँग हार बेहाेरेको थियो । साथै, चेन्नईको घरेलु मैदानमा मुम्बईले उत्कृष्ट प्रदर्शन गरेको रेकर्ड छ । पछिल्ला ५ खेल हेर्ने हो भने मुम्बई बलियो देखिन्छ । पाँच खेलमा चेन्नईले एक म्याचमा मात्र मुम्बईलाई हराउन सफल भएको छ । 

कमेन्ट गर्नुहोस्