ठूलो संख्यामा कांग्रेस र जनमोर्चाका नेता नेकपामा प्रवेश

प्युठान, वैशाख २५ । ठूलो संख्यामा नेपाली कांग्रेससहित राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । मंगलबार प्युठानमा भएको एक कार्यक्रमकाबीच नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

नेकपा प्रवेश गरेका नेता तथा कार्यक्रतालाई थापाले फूलमालासहित स्वागत गरेका थिए । प्रेस सेन्टर नेपाल जिल्ला शाखा ‘प्युठान’ र प्रेस चौतारी नेपाल जिल्ला शाखा ‘प्युठान’ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता तथा कार्यक्रता नेकपामा प्रवेश गरेको नेपाकाका विद्यार्थी नेता मिलन एमसीले जानकारी दिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको स्वास्थ्यः शरीर सुन्निएको छ, अनुहार र छाती रातो

कार्यक्रममा नेकपा नेतृत्वको दुई तिहाई सरकारसमेत असफल बनाउन केही प्रतिकृयावादी लागे पनि त्यो सपना नदेख्न विद्यार्थी नेता एमसीले टिप्पणी गरे ।

कमेन्ट गर्नुहोस्