बुधबारदेखि अन्न र सहकालका देवता मत्स्येन्द्रनाथको रथयात्रा सुरु

काठमाडौं वैशाख २५ । अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु हुँदैछ ।

रथलाई बुधबार पुल्चोकबाट सांस्कृतिक बाजागाजाका साथ पाटनको गाःबहाल पुर्याइने छ । सँगै टंगल टोलमा बनाइएको मीननाथको रथ पनि तानेर गाःबहाल पुर्याइने छ । जटाधारी लोकेश्वर नामबाट मीननाथ प्रख्यात छ । शार्दूलजंगको पल्टनको टुकडी, धिमे, नायखी लगायत बाजा बजाएर रथ यात्रा सुरु हुन्छ । रथ यात्राको पहिलो दिन पुल्चोकका बासिन्दाले भने जात्रा मनाउँदैनन् । लगनखेलस्थित थति टोलबाट जावलाखेलतर्फ तान्दा मात्र पुल्चोकका बासिन्दाले जात्रा मनाउने गर्छन् । आज भने गाः बहालका बासिन्दाले जात्रा मनाउँछन् । यसक्रममा मत्स्येन्द्रनाथको रथ गाः बहालबाट नुगः सुन्धारातर्फ तानिनेछ । मत्स्येन्द्रनाथलाई वैष्णवीले विष्णु, शैवले शिव, शाक्तले शक्ति, सौरले सूर्य, ब्राह्मणले लोकेश्वर र बौद्धले करुणामयका रूपमा पुज्ने गर्दछने ।

याे पनि पढ्नुस  धानको दुई जात विकसित

नुगः टोलको विकास गरी श्रीनिवासले नेपाल संवत् ७८१ ९विसं १७१८० देखि चलाएको मुनीन्द्ररत्न वज्राचार्यले ‘नेपालका चार प्रसिद्ध करुणमय लोकेश्वर’ पुस्तकमा उल्लेख गरेका छन् । ‘पुस्तककमा नुगः मा मत्स्येन्द्रनाथको ‘त्वाय् (मीत)’ रहेकाले उनलाई भेट गराउन त्यहाँ लगेको कुरा पनि उल्लेख छ । रथलाई सुनधाराबाट चक्रबही, टंगल हुँदै लगखेल पुर्याइन्छ । लगनखेलमा पुगेपछि रथको हयग्रव भैरवलाई एक÷एक राँगा, बोका, जिउँदो माछा र हाँसको फूल बली चढाएर पूजा गर्ने चलन छ । यसपछि लगनखेलबाट थती टोल र्पुयाइन्छ । भोलिपल्ट थती टोलमै रथको टुप्पोबाट नरिवल खसालिन्छ । नरिवल खसाल्ने दिनमा मत्स्येन्द्रनाथको देवाली दिन पनि तोकिन्छ । पूर्णचण्डी (सिद्धिलक्ष्मी) मन्दिरमा मत्स्येन्द्रनाथ सहित बाराहीको देवाली पूजा गरिन्छ । यसैदिन मंगलबजारको मणिमण्डपमा चार दिशाको चारै थाममा ४ जोशी (ज्योतिष) बसेर रथलाई थती टोलबाट जावलाखेल तर्फ तान्ने साइत हेरिन्छ ।

याे पनि पढ्नुस  दोश्रो ‘उद्देश्य’ कार्यशाला सम्पन्न

साइत नजुरेसम्म रथलाई थती टोलको चारदोबाटोमै राखिन्छ । साइत जुरेको दिन रथलाई जावलाखेल र्पुयाइन्छ । रथ जावलाखेल पुगेको ४ दिनपछि भोटो जात्रा मनाइन्छ । भोटो जात्रा सकेपछि मत्स्येन्द्रनाथको रथलाई सानो खटमा बोकेर बुङ्मतीस्थित मन्दिरमा र्पुयाइनेछ । मीननाथलाई टंगलस्थित चक्रबहिमा र्पुयाएपछि पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ ।

कमेन्ट गर्नुहोस्