काठमाडौं, वैशाख २५ । नेपाली कांग्रेसले बुधबारबाट ७७ वटै जिल्लामा सुरू गरेको राष्ट्रिय जागरण अभियानको सभापति शेरबहादुर देउवाले काठमाडौंमा सुरु गरेका छन् । वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म सञ्चालन हुने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
राष्ट्रिय सभागृहमा पूर्व निर्धारित समयभन्दा केही ढिलो सुरू भएको कार्यक्रमलाई सभापति देउवा, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्वमन्त्री नरहिर आचार्य, नेता बालकृष्ण खाँड, युवा नेता गगन थापा, नेत्री डाः डिला संग्रौलालगायतले सम्बोधन गर्ने जानकारी काठमाडौं कांग्रेसले दिएको छ ।