सन्दीपआवद्ध दिल्लीले टस जित्यो, हैदरावादलाई ब्याटिङको निम्तो

काठमाडौं, वैशाख २५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को इलिमिनेटर खेलमा सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सविरुद्ध सनराइजर्स हैदरावादले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि हैदरावादको विशाखापटनममा हुँदैछ ।

आजको विजेता टिमले १० मेमा फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग भिड्ने छ । लिग चरणमा भएका दुई म्याचमा दिल्ली र हैदराबादले एक–एक खेल जितेका थिए । पहिलो खेल हैदराबादले दिल्लीको घरेलु मैदानमा ५ विकेटले जितेको थियो भने हैदराबादमा दिल्ली ३९ रनले विजयी भएको थियो । 

कस्तो छ दिल्ली र हैदरावादको विगत? 
आइपीएलमा दिल्ली–हैदरावाद एकआपसमा १४ पटक भिडेका छन् । जसमा ९ खेलमा हैदरावादले र ५ खेलमा दिल्लीले जीत निकालेको छ । विशाखापट्टनम रंगशालामा अहिलेसम्म यी दुई टिमबीच एक पटक मात्र खेल भएको छ । १८ अप्रिल २०१५ मा भएको सो खेलमा दिल्लीले हैदरावादलाई ६ विकेटले पराजित गरेको थियो ।

विशाखापट्टनममा हालसम्म आइपीएलका ११ खेल भएका छन् । जसमा ७ खेलमा पहिला ब्याटिङ गर्नेले जीतेको छ । हैदावादको यो दोस्रो घरेलु मैदान हो । यहाँ २०१६ यता आइपीएलको कुनै पनि खेल भएको छैन । हैदरावादले विशाखापट्टनममा ५ मध्ये ३ खेलमा जीत हासिल गरेको छ । दिल्लीले भने यो मैदानमा ३ खेल खेलेको छ । जसमा उसले २ खेल हाफ्नो पक्षमा पारेको छ ।  

कमेन्ट गर्नुहोस्