ललितानिवास प्रकरणमा राजदूत पौडेल पनि मुछिए

काठमाडौं, वैशाख २६ । बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एकसय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूतसमेत रहेका पौडेल पनि मुछिएका हुन् ।

याे पनि पढ्नुस  लिलामणी पौडेलको तथ्यपत्र- मैले कहाँ त्रुटी गरेँ र म दण्डित हुनु पर्ने ?

सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिनेसम्बन्धी निर्णय तत्कालीन मुख्यसचिव पौडेलको समेत संलग्नतामा भएको हो । यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

कमेन्ट गर्नुहोस्