कपडा गोदममा आगलागि, जिउँदै जले ५ मजदूर

मुम्बई, पुणेको उर्लीको देवाची क्षेत्रमा रहेको एउटा कपडा गोदाममा आगलागि हुँदा चार जना मजदूर जिउँदै जलेका छन् ।

बिहिबार बिहानै ४ बजे आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाको सूचना पाउने बित्तिकै चार वटा दमकल घटनास्थलमा पुगेका छन् ।

आगलागीमा परी मृत्यु हुनेहरुमा नेपाली नागरिक भए नभएको विषयमा केही खुल्न सकेको छैन । आगोमा नियन्त्रण पाइएको बताइएको छ ।

आगलागि हुँदा केही मजदूर दोश्रो तल्लामा सुतिरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण थाहा हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्