मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु

मुस्ताङ, वैशाख २६ । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो । आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘ग्रेड नमिलेकाले जमिन काटेर लेभल (तह) मिलाउन लागेका हौँ’ पौडेललेभने, ‘विमानस्थलमा ओभरले (कालोपत्र थप) पनि हुन्छ ।’  

याे पनि पढ्नुस  धर्म कमाउन मुक्तिनाथ पुगेका तीर्थालुले फालेका अण्डरवेयरले भरिए ८ बोरा

अहिले तीन सेन्टिमिटर बाक्लो पिच भएको धावनमार्गमा थप चार सेन्टिमिटर कालोपत्र थप गरिने भएको छ । बीस वर्षअघि गरिएको कालोपत्रको म्याद सकिन लागेको थियो । प्रत्येक चार–चार वर्षमा कालोपत्र गर्नुपर्ने प्राविधिक बताउँछन् । विमानस्थललाई कालीगण्डकीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण र घेराबारलगायतका पूर्वाधार पनि बनाउन लागिएको छ ।

याे पनि पढ्नुस  थापाखोला जलविद्युत्को परीक्षण उत्पादन शुरु

विमानस्थल स्तरोन्नति आयोजनाका लागि प्राधिकरण र एपेक्स कन्स्ट्रक्सनबीच गएको असोजमा नौ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । चिसो र हिमपातका कारण कात्तिकको अन्तिम सातादेखि काम हुन सकेन । मौसममा सुधार आएपछि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर कामलाई तीव्रता दिइएको एपेक्स कन्ट्रक्सनका इञ्जिनीयर लालध्वज लामाले बताए । 

याे पनि पढ्नुस  छिटपुछ घटनाबाहेक अधिका‌श ठाउँमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान जारी

गएको असारमा १५ महिनाको आयोजना भए पनि अबको दुई महिनाभित्र सम्पन्न गरिसक्ने उनले बबताए । विमान अवतरण नहुने समयमा स्तरोन्नतिको काम गरिएको छ । जोमसोम विमानस्थलमा दिउँसो अत्यधिक हावाहुरी चल्ने भएकाले सो समयमा जहाज आउँदैनन् । 

कमेन्ट गर्नुहोस्