मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु

मुस्ताङ, वैशाख २६ । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो । आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘ग्रेड नमिलेकाले जमिन काटेर लेभल (तह) मिलाउन लागेका हौँ’ पौडेललेभने, ‘विमानस्थलमा ओभरले (कालोपत्र थप) पनि हुन्छ ।’  

याे पनि पढ्नुस  मुस्ताङको भ्रमण गर्ने पर्यटकको संख्या बढ्यो

अहिले तीन सेन्टिमिटर बाक्लो पिच भएको धावनमार्गमा थप चार सेन्टिमिटर कालोपत्र थप गरिने भएको छ । बीस वर्षअघि गरिएको कालोपत्रको म्याद सकिन लागेको थियो । प्रत्येक चार–चार वर्षमा कालोपत्र गर्नुपर्ने प्राविधिक बताउँछन् । विमानस्थललाई कालीगण्डकीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण र घेराबारलगायतका पूर्वाधार पनि बनाउन लागिएको छ ।

याे पनि पढ्नुस  मुस्ताङको टुकुचेमा जलविद्युत् आयोजना निर्माण

विमानस्थल स्तरोन्नति आयोजनाका लागि प्राधिकरण र एपेक्स कन्स्ट्रक्सनबीच गएको असोजमा नौ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । चिसो र हिमपातका कारण कात्तिकको अन्तिम सातादेखि काम हुन सकेन । मौसममा सुधार आएपछि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर कामलाई तीव्रता दिइएको एपेक्स कन्ट्रक्सनका इञ्जिनीयर लालध्वज लामाले बताए । 

याे पनि पढ्नुस  हिउँ पन्छाउँदै जोमसोम पुगे बस

गएको असारमा १५ महिनाको आयोजना भए पनि अबको दुई महिनाभित्र सम्पन्न गरिसक्ने उनले बबताए । विमान अवतरण नहुने समयमा स्तरोन्नतिको काम गरिएको छ । जोमसोम विमानस्थलमा दिउँसो अत्यधिक हावाहुरी चल्ने भएकाले सो समयमा जहाज आउँदैनन् । 

कमेन्ट गर्नुहोस्