प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौं, वैशाख २६ । प्रधानमन्त्री केपी ओली आज औपचारिक भ्रमणका लागि भियतनाम र कम्बोडिया प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु र कर्मचारीले बिदाई गरेका थिए । सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो 

परराष्ट्र मन्त्रालयका अनुसार सोही क्रममा प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा वैशाख ३० गतेदेखि जेठ १ गतेसम्म तीन दिनको कम्बोडियाको औपचारिक भ्रमण गर्ने छन् । भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनामी समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने छन्  । यस्तै, उनले त्यहाँको नेसनल एसेम्लीको अध्यक्षसँग पनि भेट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा आयोजना हुने रात्रिभोज कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने छन् । 

याे पनि पढ्नुस  ओलीका कारण टुंगिएन स्थानीय निकायको विवाद

भियतनाम भ्रमणकै क्रममा त्यहाँको हानाम प्रान्तमा आयोजना हुने इन्टरनेसनल डे अफ भैशाख ९बौद्ध धर्मावलमीहरूको पर्व० लाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै, प्रधानमन्त्रीले हो ची मिन नेसनल एकेडमी अब पोलिटिक्स र नेपाल भियतनाम बिजनेस फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीच केही सम्झौता हुनुका साथै द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउन समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम छ । 


यसैगरी कम्बोडिया भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले कोम्बोडियाली समकक्षी हुन सेनसँग प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नुका साथै कम्बोडियाली प्रधानमन्त्रीले आयोजना गरिने रात्रीभोजमा सरिक हुनु हुने कार्यक्रम रहेको छ ।  उनले त्यहाँको नेशनल एसेम्बलीका अध्यक्षसँग भेट गर्नुका साथै नोम पेनमा आयोजना हुने व्यवसायीहरूको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, सांसदहरू उच्च अधिकारी सञ्चारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहने छ ।

याे पनि पढ्नुस  एमाले संसदीय दलको नेतामा ओली चयन

भियतनामसँग तीन समझदारी हुने
भ्रमणका क्रममा भियतनामसँग तीन समझदारी गर्ने तयारी सरकारको छ । समझदारी प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्विपक्षीय परामर्श संयन्त्र सम्वन्धी छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले कूटनीतिक सम्वन्ध रहे पनि सघन हुन नसकेको भियतनामसँग सम्वन्ध विस्तार गर्ने उदेश्यले भ्रमण तय भएको बताए । ‘दक्षिण पूर्वी एसियाको उदाउँदो राष्ट्र भियतनामसँग द्धिपक्षीय लगानीको प्रशस्त सम्भावना छ । त्यही सम्भावनालाई ध्यानमा राखेर यो भ्रमण हुँदैछ’ उनले भने ।

याे पनि पढ्नुस  वाम एकताले धेरैको निद्रा हरायो : केपी ओली

कम्बोडियासँगका समझदारी कार्यान्वयनमा केन्द्रित
प्रधानमन्त्री हुन सेन नेपाल भ्रमणमा आएका बेला नेपाल र कम्बोडियाबीच नोभेम्बर २०, २०१८ मा द्धिपक्षीय हवाई, द्विपक्षीय सहयोग र सांस्कृतिक आदानप्रदान र व्यापार प्रवद्र्धन तीन सम्झौता भएका थिए । ती समझदारीलाई अगाडि बढाउने र सहयोग क्षेत्र थप बिस्तार गर्नेबारेमा छलफल केन्द्रित हुनेछ ।

कमेन्ट गर्नुहोस्