पूर्वाञ्चलको अंग्रेजी विषयको नतिजा पनि सार्वजनिक

काठमाडौं, वैशाख २६ । शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत पूर्वाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै गत वर्ष लिइएको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने क्रममा पूर्वाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आफ्नो साइटमा उल्लेख गरेअनुसार नतिजाको पि.डि.एफ. फाइल केही बेरमा अपलोड गरिने गरिने छ । त्यस समयसम्मका लागि उसले एसएमएसबाट नतिजाको जानकारी लिन सकिने बताएको छ । एस.एम.एस.बारे विस्तृत जानकारी लिनका लागि तलको सूचना हेर्नुस्–

कमेन्ट गर्नुहोस्