‘लुट्न सके लुट’ पछि गायक पशुपतिको अर्को गीत ‘हजुर हाम्रै पाला’

काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्बजनिक भएको छ । लुट्न सके लुटको विवादपछि पशुपतिले धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् । ‘हजुर हाम्रै पाला, जसरी नि बनाउने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्तीमगरले स्वर दिएका छन् ।

पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ती मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई धुर्मुस–सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको हाे ।

कमेन्ट गर्नुहोस्