बाजुरामा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, २ जना घाइते

बाजुरा, वैशाख २७ । बाजुराको मार्तडीबाट कोल्टि जाँदै गरेको कुखुराको दाना बोकेको लु ४ त ७८१ नं को ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि बुढिनन्दा नगरपालिका–७ बस्ने २१ वर्षिय डपेन्द्र खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धव सिंह भाटले जानकारी दिए । खड्काको उपचारको क्रमामा कोल्टि स्वास्थ्य कार्यालयमा निधन भएको हो ।

याे पनि पढ्नुस  बाजुराको गुम्बामा मतदान सकियो

यस्तै, चालकसहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा चालक कैलाली जिल्ला घोडाघोडि नगरपालिका– १० का १९ वर्षका खगेन्द्र चौधरी र स्वामी कार्तिक गाउपालिका– ३ बस्ने प्रकाश शाहि रहेका छन् । ट्याक्टर बुढिनन्दा नगरपालिका ५ दान सागुमा दुर्घटना भएको हो ।

कमेन्ट गर्नुहोस्