धोनीको टिमले टस जित्यो, सदीपआवद्ध दिल्लीलाई ब्याटिङको निम्तो

काठमाडौं, वैशाख २७ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सविरुद्ध चेन्नई सुपर किंग्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि हैदरावादको विशखापटनम रंगशालामा शुरु हुँदैछ । 

याे पनि पढ्नुस  आइपीएलमा दिल्ली राजस्थानसँग भिड्दै, सन्दीप खेल्न पाउलान ?

आजको विजेता टिम फाइनल प्रवेश गर्ने छ । र, उसले १२ मेमा उपाधिका लागि मुम्बई इन्डियन्सको सामना गर्ने छ । चेन्नई सात पटक फाइनल पुगिसकेको छ । साथै, उसले ३ पटक उपाधि नै हात पारि सकेको छ । यता दिल्ली भने हालसम्म फाइनल प्रवेश गर्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्