२ विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, वैशाख २७ । शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत (खुल्लातर्फ) विभिन्न विषयको लिखित परीक्षाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै मावि तहको नेपाली र कार्यालय संचालन तथा लेखा विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको हो । साविक पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको नेपाली विषयको र मध्यमाञ्चल तथा पश्चिमाञ्चल क्षेत्रको कार्यालय संचालन तथा लेखा विषयको पुनर्योग नतिजा सार्वजनिक भएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्