आमासँगै कारागार बसेकी ४ वर्षीया बालिकाले ल्याइन् ९६ प्रतिशत अंक

गुल्मी, वैशाख २८ । गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेकी चार वर्षीया बिपिका पुन बिहान र साँझ कारागार हुन्छिन्, दिउँसोमा विद्यालय। गत वर्ष देशव्यापी रुपमा भर्ना अभियान चलेका बेला रेसुंगा नगरपालिकाका नगर प्रमुख डिल्लिराज भुसालले उनलाई अभिभावकत्व ग्रहण गरे । महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा प्ले ग्रुपमा भर्ना गराए । बिपिकाले ९६ प्रतिशत अंक ल्याउँदै कक्षा उत्तीर्ण गरिन् । कतिपय बालबालिकालाई पढ्ने अवसर हुँदाहुँदै पनि पढ्दैनन् । कतिपय भने विभिन्न समस्यामा पढ्ने अवसर गुमाइरहेका हुन्छन् । तर, कारागारमा रहेकी दिपिकालाई नगर प्रमुखले अभिभावकत्व ग्रहण गरेपछि पढ्ने अवसर मिलेको छ । न त घर, न त सिकाउने अभिभावक, न त विद्यालयमा अतिरिक्त कक्षा ।

याे पनि पढ्नुस  लोकसेवा पास गर्ने मात्र हैन, चरा पनि सबैभन्दा धेरै गुल्मीमा

दिउँसोमा विद्यालयमा बाहेक उनले सबै समय जिल्ला कारागारमा कटाउँछिन्। उनका लागि कारागार नै घर भएको छ। उनकी आमा शान्ता पुन कर्तव्य ज्यान मुद्दामा २०७२ साल माघ ६ गते कारागार चलान भइन् । आमासँगै नाबालिका बिपिका पनि कारागार गइन्। पढ्ने अवसर सदुपयोग गरेकी उनले अरू विद्यार्थीभन्दा उत्कृष्ट नतिजा ल्याएकी छिन्।

याे पनि पढ्नुस  गुल्मीमा खुल्लाबाट एक जना महिला मात्रै विजयी

बालिका पुन पढ्नको लागि जिल्ला कारागारबाटै विद्यालय आउने जाने गर्छिन् । उनलाई बिहान प्रहरीले विद्यालय ल्याउँछ र कक्षा सकिएपछि शिक्षकले कारागार पुर्‍याउँछन्। उनले ९६ प्रतिशत अंक ल्याउँदै कक्षामा पनि तेस्रो स्थान हाँसिल गरेको कक्षा शिक्षक माया चुँदाराले जानकारी दिइन्। उनले पढाइमा निकै मिहिनेत गर्ने र दिएको गृहकार्य पनि पूरा गर्ने गरेको कक्षा शिक्षक चुँदाराले जानकारी दिइन्। प्रध्यानाध्यापक केशरबहादुर थापाले उनको सबै खर्च नगर प्रमुख भुसालले बेहोर्ने बताए। एक वर्षमा पोसाकसहित कुल ६ हजार खर्च आउने उनले बताए। थाहखबरबाट साभार

कमेन्ट गर्नुहोस्