काम लागेन फखरको शतक, इंग्ल्याण्ड १२ रनले विजयी

काठमाडौं, वैशाख २९ । पाकिस्तानसँगको दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्ड १२ रनले विजयी भएको छ । इंग्ल्याण्डले दिएको ३७४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३६१ रन बनायो । उसका लागि फखर जमानले शतक प्रहार गरे पनि टिमलाई भने जिताउन सकेनन् । उनले ४ छक्का र १४ चौकाको मद्दतमा १०६ बलमा १३८ रन बनाए । यस्तै, बाबर आजम, आसिफ अलिले ५१–५१, कप्तान सरफराज अहमदले अविजित ४१ र हरिस सोहिलले १४ रन बनाए ।

याे पनि पढ्नुस  ४५ ओभरको खेल सकिदा नेपालले ६ विकेटकाे क्षतिमा १८१ रन बनायो

बलिङमा इंग्ल्याण्डका डेबिड विल्ली, लिम प्लंकटले २–२, मोइन अलि र आदिल रशिदले एक–एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले पूरा ५० ओभरमा ३ विकेट गुमाउँदै ३७३ रन बनायो । उसका लागि जस बटलरले शानदार शतक प्रहार गरे । उनले ९ छक्का र ६ चौकाको मद्दतमा ५५ बलमा नट आउट ११० रन बनाए । यस्तै, जेसन रोयले ९८ बलमा ८७, कप्तान ओईन मोर्गनले अविजित ४८ बलमा ७१, जोनी बेयरस्टोले ४५ बलमा ५१ र जो रुटले ५४ बलमा ४० रन बनाए ।

याे पनि पढ्नुस  नेपालले भुटानमाथि सानदार जित हासिल गर्दै, ८ ओभरमै लक्ष्य बनायो

बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदी, हसन अलि र यासिर शाहले एक–एक विकेट लिए । यो हारसँगै पाकिस्तान ५ खेलको सिरिजमा एक–शून्यले पछि परेको छ । आउँदो मे ३० देखि हुने एकदिवसीय विश्वकप अघि यी दुई टिमको यो अन्तिम सिरिज हो । 

कमेन्ट गर्नुहोस्