पश्चिम तराईमा अहिलेसम्मकै उच्च गर्मी, वर्षा नहुँदा जनजीवन प्रभावित

काठमाडौं, बैशाख २९ । पश्चिम तराईमा बढ्दै गएको गर्मीले जनजीवन प्रभावित भएको छ । त्यस क्षेत्रमा पानी पर्न नसकेका कारण तापक्रम बढ्दै गएको मौसमविद्ले बताएका छन् ।

शनिबार नेपालगन्जको तापक्रम यस वर्षकै उच्च ४३.५ डिग्री सेल्सियस पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै धनगढीको तापक्रम शनिबार ४२.३ डिग्री सेल्सियस पुगेको छ।

पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना देखिएको तर नपर्दा गर्मी घट्न नसकेको मौसमविद् विभूति पोखरेलले बताइन् । खासगरी नेपालगन्ज, धनगढीलगायत आसपासका क्षेत्रमा अत्यधिक गर्मी भइरहेको उनले जानकारी दिइन् । ‘पश्चिमी वायुको असर हेर्दा त्यस क्षेत्रमा शनिबार पानी पर्नुपर्ने हो तर परेको पाइएन,’ मौसमविद् पोखरेलले भनिन्, ‘आज पनि पानी पर्ने सम्भावना त देखिएको छ, पर्यो भने केही शीतल हुने थियो ।’ पश्चिम तराईको तुलनामा मध्य र पूर्वी तराईमा भने तापक्रम नबढेको उनले बताइन् ।

याे पनि पढ्नुस  शान्ति, लोकतन्त्र र अहिंसालाई केन्द्रबिन्दुमा राख्न आग्रह

यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार अपराह्नपछि देशका मध्य तथा पश्चिम पहाडी क्षेत्र तथा पूर्वी भेगका केही स्थानमा मेघ गर्जन, हुरीबतास सहित पानी पर्ने सम्भावना छ। पश्चिमी वायु र स्थानीय वायुको संयोजन रहेकाले आउने ३ दिनसम्म हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

याे पनि पढ्नुस  व्यावसायिक उन्नत बाख्रापालन तालिम सम्पन्न

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी ३ दिनको मौसम अनुमानः

जारी मितिः वैशाख २९ गते ९आइतबार० बिहान ६ः०० बजे
वैशाख २९ गते (आइतबार) दिउँसोः

देशभरि बिहानीपख आंशिक बदली रही अपराह्नपछि देशका मध्य र पश्चिमी पहाडी क्षेत्रलगायत पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

रातिः देशका मध्य र पश्चिमी पहाडी क्षेत्रलगायत पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।

याे पनि पढ्नुस  काठमाडौंमा ५ सयको नक्कली नोटसहित ६ जना पक्राउ

वैशाख ३० गते (सोमबार)

दिउँसोः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातिः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।

वैशाख ३१ गते (मंगलबार)

दिउँसोः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातिः देशभरि आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ। नेपालखबरबाट

कमेन्ट गर्नुहोस्