राजपामा अब एक मात्र अध्यक्ष

काठमाडौं, वैशाख २९ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको अध्यक्षमण्डलीय प्रणाली हटाउने भएको छ । आगामी महाधिवेशनपछि राजपा नेपालमा रहेको अध्यक्षमण्डल प्रणालीलाई हटाएर एकल अध्यक्ष प्रणालीमा लग्ने तयारी भइरहेको छ । हाल छ जना सदस्य रहेको अध्यक्षमण्डल रहेको छ । अध्यक्ष मण्डलका सदस्यहरु दुई महिनाका लागि चक्रप्रणालीमा संयोजक रहने गरेका छन् ।

याे पनि पढ्नुस  सिरहामा राजपाको परिणाम शून्य

महाधिवेशनका लागि तयार भएको विधानमा आगामी महाधिवेशनपछि अध्यक्षमण्डलीय प्रणाली नरहने उल्लेख गरिएको छ । कात्तिक २८, २९ र ३० गते हुने पार्टीको पहिलो एकता महाधिवेशनपछि पार्टी एकल अध्यक्ष प्रणालीमा चल्ने पार्टी महासचिव एवं प्रवक्ता केशव झाले जानकारी दिए । २०७४ वैशाख ७ गते मधेश केन्द्रीत छवटा दल मिलेर राजपा नेपाल बनेको थियो ।

याे पनि पढ्नुस  राजपालाई पनि सरकारमा ल्याउन पहल

सामूहिक नेतृत्वका लागि छजना अध्यक्ष रहने गरि अध्यक्षमण्डल बनाईएको थियो । अध्यक्षमण्डलका कारण संगठन निर्माणमा समस्या भएको भन्दै तल्लो तहबाट अध्यक्ष प्रणालीबाट पार्टी सञ्चालन गर्नुपर्ने सुझाव आएको थियो । सुझाब अनुसार अगामी महाधिवेशनपछि पार्टीलाई त्यस्तो प्रावधान लैजान लागिएको झाले बताए ।

याे पनि पढ्नुस  न तात्यो आन्दोलन, न चुनावी सरगर्मी

पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तयारी समितिले विधान तयार गरिसकेको छ । वैशाख ३० गते बस्ने समितिले त्यसलाई अन्तिम रुप दिएर अध्यक्षमण्डललाई बुझाउने पार्टीका महासचिव रामलाल सुतियारले बताए । नेपाल र भियतनामबीच भएको सम्झौताका १६ बुँदा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्