काठमाडौं । नायिका करिश्मा मानन्धरको घर अगाडि चट्याङ पर्दा बगैँचामा रहेको एक रुख चिरा परेर भाँच्चिएको छ।
आइतबार दिउँसो गोदावरीस्थित उनको घरमा चट्याङ परेपछि बगैँचामा रहेको एक रुख चिरा परेर भाँच्चिएको हो ।
उनले फेसबुकमा चट्याङले चिरा परेको रुखको भिडियो सार्वजनिक गरेकी छन्। आइतबार बिहान काठमाडौंको मौसम केही सफा देखिए पनि मध्यान्न भएसँगै मौसममा बदलाब आएको छ।