फाइनलमा चेन्नई १ रनले पराजित, मुम्बईले जित्यो चौथो पटक उपाधि

काठमाडौं, वैशाख २९ । चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जितेको छ । यो जीतसँगै मुम्बईले सर्बाधिक ४ पटक आइपीएलको उपाधि हात पारेको हो ।

१५० रनको लक्ष्य पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन बनायो । चेन्नइलाई अन्तिम बलमा २ रन चाहिएको थियो । अन्तिम ओभर लसिथ मलिंगाको हातमा थियो । उनले अन्तिम बलमा सार्दुल ठाकुरलाई आउट गर्दै मुम्बईलाई उपाधि जिताए । 

याे पनि पढ्नुस  आइपीएलः विराटको टिमविरुद्ध शिखर धवनको अर्धशतक पूरा

यस्तै मुम्बईका लागि किरण पोलार्डले सर्बाधिक नट आउट ४१, क्विन्टनले २९, इशान किसानले २५, हार्दिक पाण्ड्याले १६, कप्तान रोहित शर्मा, सूर्यकुमारले १५–१५, कुणाल पाण्ड्याले ७ रन बनाए । बलिङमा चेन्नईका दीपक चाहुले ३, इमरान ताहिर र सार्दुल ठाकुर २–२ विकेट लिए । 

याे पनि पढ्नुस  आइपीएलः हैदाराबाद र राजस्थान भिड्दै आज, को–कोले पाउलान् मौका?

१५० रकनो लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन बनायो । उसका लागि शेन वाट्सनले ८० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, फाफ डुप्लेसीले २६ र डीजे ब्रावोले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकसमेत बटुल्न सकेनन् । बलिङमा मुम्बईका जसप्रित बुमराहले २, कुणाल पाण्ड्या, लसि मलिंगा र राहुल चहरले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्