आन्द्रेलाई दुवै हातमा लड्डु, सन्दीपले पाएनन् ‘इमरर्जिङ प्लेयर’ अवार्ड

काठमाडौं, वैशाख ३० । आइतबार राति सकिएको इन्डियन प्रिमियर लिग (आइपीएल) को १२ औं सिजनमा आन्द्रे रसेलले व्यक्तिगत २ उपाधि जित्न सफल भएका छन् । उनले ‘मोस्ट भ्यालुएवल प्लेयर’ र ‘सुपर स्ट्राइकर’ को उपाधि जित्न सफल भएका हुन् । आन्द्रेले कोलकाता नाइट राइडर्सबाट खेल्ने गर्दछन् । मोस्ट भ्यालुएवलको उपाधिका लागि उनले ट्रफी र १० लाख भारू जित्दा सुपर स्ट्राइकरका लागि ट्रफी र ह्यारिएर एसयुभि कार पाए ।

याे पनि पढ्नुस  विराट कोहली इन्डियन प्रिमियर लिग (आइपीएल)को सबैभन्दा महँगा खेलाडी

यस्तै, दिल्ली क्यापिटल्समाआवद्ध नेपाली स्पिनर सन्दीप लामिछाने ‘इमर्जिङ् प्लेयर’ प्रमुख दाबेदार मानिएका थिए । यद्यपि उनलाई पछि पार्दै ‘इमर्जिङ् प्लेयर’ उपाधि पनि कोलकाताकै शुभमन गिलले हात पारे । सनराइजर्स हैदराबादले फेयर प्लेको अवार्ड जित्यो भने मुम्बई ईण्डियन्सका हार्दिक पांड्या ‘फास्टेस्ट फिप्टी’ को उपाधि जिते। उनले १७ बलमा ५० रन बनाएर यो उपाधि हात पारेका हुन् । 

यस्तै परफेक्स क्याचअफ द सिजन मुम्बई इण्डियन्सका किरण पोलार्डले जिते । उनले अवार्डसँगै १० लाख भारू नगद र ट्रफीको साथमा भिभो मोबाइल जिते । लोकेश राहुल स्टाइलिस प्लेयर घोषित भए । किङ्स इलेभेनका यी खेलाडीले अवार्डसँगै १० लाख भारू र ट्रफी जिते।

याे पनि पढ्नुस  तेस्रो पटक चेन्नइ आइपीएल च्याम्पियन, वाट्सनले बनाए नट आउट ११७ रन

आईपिएलमा सर्वाधिक रन बनाउने खेलाडीले पाउने अरेन्ज क्यापको उपाधि डेविड वार्नरले जिते। यस सिजनमा ६९२ रन जोडेर यस उपाधिमा कब्जा जमाएका उनले १० लाख भारू र ट्रफी पाए। यस्तै सर्वाधिक विकेट लिने खेलाडीलाई दिने ‘पर्पल क्याप’ इमरान ताहिरले पाए। चेन्नई सुपर किङ्सका यी बलरले यस सिजनमा २६ विकेट लिएका थिए। उनलाई पनि १० लाख भारू र ट्रपी प्रदान गरियो।

याे पनि पढ्नुस  आइपीएलः मुम्बई फाइनल प्रवेश, चेन्नईको सम्भावना अझै बाँकि

त्यसैगरी मुम्बई इण्डियन्सका राहुल चाहरले ड्रिम एलेभेन गेम चेन्जर अवार्ड पाए। उनले पनि ट्रपी र १० लाख भारू पाए। यस्तै, यो पटकको आइपीएल विजेता मुम्बईले उपाधिसँगै २० करोड भारू पायो । उपविजेता चेन्नईले भने १२ करोड भारूमा चित्त बुझाउन बाध्य भयो ।  

कमेन्ट गर्नुहोस्