Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘सत्यम शिवम् सुन्दरम्’ को दोश्रो गीत युट्युबमा सार्वजनिक

काठमाडौं, वैशाख ३० । नेपाली कथानक चलचित्र ‘सत्यम शिवम सुन्दरम्’ को दोश्रो रोमान्टिक गीत ‘पारौन झ्याइकुटी यसैपालि’ सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा नित्याशिव र गायक सन्तोष प्रगाढको आवाज रहेको छ । आगामी हरितालिका तीजदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको गीत आज सार्वजनिक भएको हो ।

उक्त गीतको शब्द रचना शंकर अधिकारी घायलले गरेका हुन् । गीतमा सन्तोष प्रगाढको संगीत रहेको छ ।

चलचित्रको मूख्य भूमिकामा राजन महर्जन, विमला गिरी, धनराज सुब्बा, अन्जना श्रेष्ठ, सुदिप यादव, कृष्णकुमार घलान, गितान्जली सुवेदी, आरजे भिलेन, ज्ञानेन्द्र चेम्जोङको अभिनयमा दुई नवनायिका रिचा भण्डारी र कृतिका छेत्री अभिनय रहेको छ ।

देव महर्जनको द्वन्द, राजन महर्जन र सुरेस पान्डेको नृत्य नरेश ऐरको छायांकन बिपिन कटुवालको शृंगार तथा चलचित्रलाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: