एस.ओ.एस.बालग्रामलाई स्टेशनरी हस्तान्तरण

धनगढी, वैशाख ३१ । धनगढी उप–महानगरपालिकाले एस.ओ.एस.वालग्राम गेटामा रहेका अनाथ बालबालिकाहरुलाई आवश्यक पर्ने स्टेशनरी उपलब्ध गराएको छ ।

उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मंगलबार स्टेशनरी हस्तान्तरण गरेका हुन । धनगढी उप–महानगरपालिकाले एस.ओ.एस.वालग्रामको संरक्षणमा रहेका बालबालिकाहलाई स्टेशनरी उपलब्ध गराउने गरी २ लाख २० हजार बिनीयोजन गरेको बताए ।

उक्त रकमबाट बालग्रामले वालबालिकालाई आवश्यक पर्ने कापी, कितावहरु बलग्रामले खरिद गरेको थियो । स्टेशनरी हस्तान्तरण कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एसओएस वालग्रामको स्वमीत्व सरकारले लिनुपर्ने बताए । यसलाई प्रदेशकै सरकारी स्वामित्वको वालगृह बनाउनका लागि आफुले मुख्यमन्त्रीसंग प्रस्ताव नै राखेको हुँ नगरप्रमुख वडले भने, ८८ वटै स्थानीयतहले सहयोग गरेमा संस्था संचालन गर्न समस्या हुँदैन ।

एसओएस वालग्रामका निर्देशक पदम हमालले संरक्षण एस.ओ.एस. बालग्रामले दिएको भएपनि अभिभावकत्व राज्यले लिनुपर्ने बताए । प्रदेश सरकार र केही स्थानीय तहमा प्रस्ताव राख्दा पनि सहयोग नमिलेको निर्देशक हमालले बताए । संस्थाले १ सय ६ जना टुहुरा बालबालिकाहरुलाई पारिवारिक माया ममताका साथ संरक्षण गरेर पालेको छ । उनीहरुको शिक्षा दिक्षाको सबै जिम्मेवारी समेत संस्थाले नै गरेको छ ।

स्थानीय सरकारको सिफारिसका आधारमा आमाबुवा दुवै गुमाएका ५ वर्षमुनिमा बालबालिकाहरुलाई एसओएसले संरक्षण गर्ने गर्दछ ।

कमेन्ट गर्नुहोस्