वान डे सिरिजः इंग्ल्याण्डविरुद्ध इमामको शतक

काठमाडौं, वैशाख ३१ । इंग्ल्याण्डसँगको पाँच एकदिवसीय सिरिज अन्तर्गत तेस्रो खेलमा पाकिस्तानका इमाम उल हकले शतक प्रहार गरेका छन् । उनले ११ चौकाको मद्दतमा ९७ बलमा शतक प्रहार गरेका हुन् ।  

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले यो समाचार तयार पार्दासम्म ३८ ओभरमा ४ विकेट गुमाउँदै २४५ रन बनाएको छ । सिरिजमा इंग्ल्याण्ड १–० ले अगाडि छ । पहिलो खेलमा उसले पाकिस्तानलाई १२ रनले हराएको थियो । दोस्रो खेल भने वर्षाकाकारण रद्द भएको थियो ।

कमेन्ट गर्नुहोस्