दाउराले हानेर आमाले गरिन् २ महिने छोरीको हत्या

काठमाडौं, जेठ ३ । जिल्लाको गुल्मी दरवार गाउँपालिका ४ की ३६वर्षीया जमुना विकले दुई महिनाकी छोरीको हत्या गरेकी छन् । विकले दुई महिनाकी छोरी बिस्नु बिकलाई बिहिबार साँझ करिव ७ बजे हत्या गरेको वडाध्यक्ष खुम बहादुर पल्लीले बताए ।

स्थानीयका अनुसार विकले पटक–पटक छोरीको हत्या प्रयास गरेपनि स्थानीयले जोगाउँदै आएको पल्लीले बताए । विकले छोरीलाई दाउराले कन्चटमा हानेर हत्या गरेकी थिइन् । उनलाई गिरफ्तार गरि हिरासतमा राखिएको प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए । बालिकाको शव पोेष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ ।

कमेन्ट गर्नुहोस्