गान्धीहत्यामा केन्द्रीय मन्त्री लगायतले दिएको बयानले विवादमा बीजेपी

काठमाडौँ, जेठ ३ । केही नेताहरूले भारतका राष्ट्रपिता मानिएका महात्मा गान्धीको हत्याबारे विवादास्पद बयान दिएको भारतीय सत्ताधारी दल बीजेपी विवादमा तानिएको छ ।

केही समयअघि बीजेपी नेत्री साध्वी प्रज्ञा ठाकुरले नाथुराम गोड्से देशभक्त रहेको र सधैं रहिराख्ने बयान दिएकी थिइन् । भोपाल निर्वाचन क्षेत्रबाट संघीय संसदकी उम्मेदवार उनी बीजेपीको तर्फबाट संसदकी सशक्त उम्मेदवार मानिन्छिन् ।

याे पनि पढ्नुस  भारतमा किन विधायकहरूलाई लुकाइँदैछ?

उग्र राष्ट्रवादी विचारधारा बोकेका नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए ।

ठाकुरका अतिरिक्त बीजेपीका अन्य तीन प्रभावशाली नेता मध्यप्रदेश पार्टी प्रवक्ता अनिल सौमित्र, केन्द्रिय मन्त्री अनंत कुमार हेगड़े, र नलिन कटीलले समेत महात्मा गान्धीको हत्या जायज भएको आशयको बयान दिएका छन् । मध्यप्रदेशका बीजेपी प्रवक्ता अनिल सौमित्रले गान्धीलाई पाकिस्तानका राष्ट्रपिता बताएका थिए ।

याे पनि पढ्नुस  सेंचुरियन टेस्टको चौथो दिन; भारतलाई सुरुमै लगातार तीन झड्का

बीजेपी पंक्तिबाट गान्धीहत्या जायज भएको आशयका बयान आउन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले एउटा अन्तर्वार्ताको क्रममा महात्मा गान्धीको अपमान गर्ने सोच घृणा र अपमान लायक रहेको बयान दिएका छन् ।

बीजेपी अध्यक्ष अमित शाहले समेत ट्वीट गर्दै त्यो विचार उनीहरूको निजि विचार रहेको र त्यससँग पार्टीको कुनै सरोकार नरहेको बताएका छन् । उनले यसबारे छानबिन गर्न अनुशासन समितिलाई भनिएको र १० दिनभित्र यसबारे प्रतिवेदन पेश हुने बताए ।

याे पनि पढ्नुस  विश्व क्रिकेट इतिहासमा सबैभन्दा कम, २० बलमा भारतीय खेलाडीले बनाए शतक

कमेन्ट गर्नुहोस्