इंग्ल्याण्डविरुद्ध बाबर–फखरको अर्धशतक

काठमाडौं, जेठ ३ । इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिजको चौथो खेलमा पाकिस्तानका फखर जमान र बाबर आजमले अर्धशतक पूरा गरेका छन् । फखरले २ छक्का र ४ चौकाको मद्दतमा ४४ बलको सामना गर्दै अर्धशतक पूरा गरे । यस्तै, बाबरले ५ चौका र १ छक्काको सहयोगमा ४९ बलमा ५० रन बनाएका हुन् ।

याे पनि पढ्नुस  विश्वकप क्रिकेटः बंगलादेशविरुद्ध बाबरको अर्धशतक पूरा

यो समाचार तयार पार्दासम्म पाकिस्तानले २४ ओभरमा एक विकेट गुमाउँदै १४१ रन बनाएको छ । पाकिस्तानले पहिलो विकेटकारुपमा फकर जमानलाई गुमाएको हो । उनी ५७ रन बनाउँदै आउट भए । फखरलाई टम करनले आउट गरे । पाँच खेलको सिरिजमा इंग्ल्याण्डसँग पाकिस्तान २–० ले पछि परेको छ । एक खेल वर्षाका कारण रद्द भएको थियो ।

कमेन्ट गर्नुहोस्