पाकिस्तानद्वारा इंग्ल्याण्डलाई ३४१ रनको लक्ष्य, बाबरको शतक

काठमाडौं, जेठ ३ । एकदिवसीय क्रिकेट सिरिजको चौथो खेलमा पाकिस्तानले इंग्ल्याण्डलाई ३४१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४० रन बनायो । उसका लागि बाबर आजमले शतक प्रहार गरे । उनले १३ चौका र १ छक्काको मद्दतमा ११५ रन बनाए ।

याे पनि पढ्नुस  ४५ औँ ओभरमा नेपालको नवौँ विकेट पतन स्कोर १७३ रन मात्रै

यस्तै, मोहम्मद हफिजले ५९, फखर जमानले ५७, सोयव मलिकले ४१, आशिफ अलिले १७, इमादन वसिमले १२, कप्तान सरफराज अहमदले नटआउट २१ र इमामउल हकले ६ रनको योगदान दिए । बलिङमा इंग्ल्याण्डका टम करनले ४, मार्क उडले २ र जोफ्रा आर्चरले एक विकेट लिए । पाँच खेलको सिरिजमा इंग्ल्याण्ड २–० ले अग्रता बनाएको छ । सिरिजको दोस्रो खेल वर्षाकाकारण रद्द गरिएको थियो । 

कमेन्ट गर्नुहोस्