विश्वकप क्रिकेटमा कसको उच्च स्कोर?

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटको मिति नजिकिएसँगै यसको चर्चा अहिले शिखरमा छ । १२ औं संस्करणको विश्वकप यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुँदैछ । यो पटक पनि ब्याट्सम्यान र बलर नयाँ कीर्तिमान बनाउने उद्देश्यका साथ ३० मे को बेग्र प्रतिक्षामा छन् । उनीहरुको आगामी प्रदर्शन त हेर्दै जाउला बरु एक पटक विगत फर्कदा कस्तो होला? विगत संस्करण हेर्ने हो सर्बाधिक रन प्रहार गर्ने क्रिकेटरलाई भूल्न सकिन्न । यसैबीच आज हालसम्मको विश्वकपमा सर्बाधिक रन प्रहार गर्ने क्रिकेटरबारे चर्चा गर्दै छौं । अहिलेसम्म वान डे विश्वकपमा एकै खेलमा धेरै रन बनाउने ५ खेलाडी को–को हुन्?  

याे पनि पढ्नुस  भारत भर्सेस न्यूजिल्याण्ड, आज पनि वर्षा बाधक बन्न सक्ने

१. मार्टिन गुप्तिल (न्यूजिल्यान्ड) २३७ नटआउट (वेस्टइन्डिजविरुद्ध), २०१५

२. क्रिस गेल (वेस्टइन्डिज) २१५ रन (जिम्बावेविरुद्ध) २०१५

३. गेरी क्रिस्टर्न (दक्षिण अफ्रिका) १८८ रन नटआउट (यूएईविरुद्ध) १९९६

४‍. सौरभ गांगुली (भारत) १८३ रन (श्रीलंकाविरुद्ध) १९९९

५. भिव रिचार्डस (वेस्टइन्डिज) १८१ रन, (श्रीलंकाविरुद्ध) १९८७

कमेन्ट गर्नुहोस्