राजेश पायल राईको नयाँ गीत बजारमा (भिडियोसहित)

काठमाडौं । गायक राजेश पायल राई र गायिका चन्द्रकला तामाङको स्वर रहेको ‘बसन्तको बहार बनी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । युवा संगीतकार सनम पुरुष राईको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो एक्सन ईन्टरटेन्मेन्टलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

के.बि. भण्डारीले संगीत संयोजन गरेका गीतमा प्रियजन राईले भिडियो कन्सेप्ट बनाएका छन् । यस्तै, भिडियोलाई समिर राईले छायाँकन र तुलसी बाँस्कोटाले सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्