काठमाडौं, जेठ ५ । झापाको काकडभिट्टाबाट काठमाडौं छुटेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका ४ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २९ घाइते भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख इन्सपेक्टर नवराज ढुंगेलले जानकारी दिए । ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।