काठमाडौं, जेठ ५ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनलाई ४–० गोलले पराजित गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा ३ म्याचकाे प्रतिबन्धपछि फर्किएका स्टार स्ट्राइकर केलियन एमबाप्पेले दुई गोल गर्दा पीएसजीले डिजोनलाई ४–० गोलले पराजित गरेको हो ।
रेलिगेसनमा रहेको डिजोनलाई हराउन अन्य गोल एन्जल डि मारिया र इडिन्सन काभानीले गरे । फ्रेन्च कपको उपाधि भिडन्तको खेलमा रातो कार्ड खाएका एमबाप्पेलाई दुई खेलको प्रतिबन्ध लागेको थियो । पीएसजीले तेस्रो मिनेटमै डि मारियाको गोलमा अग्रता लिएको थियो ।
काभानीले चौथो मिनेटमै दोस्रो गोल गरे । त्यसपछि एमबाप्पेले ३६औं र ५६औं मिनेटमा दुई गोल थपेका थिए । यसअघिनै लिग च्याम्पियन बनिसकेको पीएसजीले ३७ खेलबाट ९१ अंक बनाएको छ । डिजोन ३१ अंक सहित रेलिगेसनमा छ ।