साहित्यकार केदार पनेरुको ‘सेतो याक’ उपन्यास सार्वजनिक

काठमाडौं, जेठ ५ । साहित्यकार केदार पनेरूले लेखेका उपन्यास ‘सेतो याक’ को विमोचन गरिएको छ । गीत, गजल र उपन्यास विधामा कलम चलाउँदै आएका पनेरूको यो पहिलो उपन्यास हो ।

संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कृतिको शुक्रबार विमोचन गर्दै पनेरू कुशल साहित्यकार तथा प्रशासक भएको चर्चा गरे । पनेरुले कर्मचारी समायोजनका क्रममा दिनको २१ घण्टासम्म काम गरेको स्मरण पनि मन्त्री पण्डितले गरे।

साहित्यकार पनेरू संघीय मामिला तथा प्रशासन मन्त्रालयका सहसचिव पनि रहेका छन् । कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले कृतिको चर्चा गरे ।

कमेन्ट गर्नुहोस्