काठमाण्डौ, जेठ ६ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले इबरसँग बराबरी खेलेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इबरसँग २–२ गोलको बराबरी खेलेको हो । बार्सिलोनाका लागि कप्तान मेस्सीले दुई गोल गरे । इबरका लागि मार्क कुकुरेल्ला र पाब्लो डी ब्लासिसले एक एक गोल गरे ।
इबरविरुद्ध दुई गोल गरेसँगै मेस्सीले यस सिजनको सबैखाले प्रतियोगितामा ५० औँ गोल पुरा गरेका छन् । बराबरीसँगै बार्सिलोनाले ८७ अंक जोड्दै एट्लेटिको मड्रिडलाई ११ अंकले पछि पारेका छ । दोस्रो स्थानको एट्लेटिकोले ७६ अंक छ ।
बार्सिलोनाले उपाधि भने यसअघि नै जितिसकेको छ ।