ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, जेठ ६ । नारायणग–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन् ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले भरतपुर महानगरपालिका–२९ केराबारीमा ठक्कर दिएको हो । घाइते खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ट्रक प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन् ।

कमेन्ट गर्नुहोस्