ग्राहकका लागि खुशीको खबरः ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं, जेठ ५ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ६० हजार रुपैयाँमाण् कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, आइतबार तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, सोमबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

आइतबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी ७१० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्