खसी–बोकाका कारण दुर्घटनामा वृद्धि

काठमाडौं, जेठ ६ । यात्रुवाहक सवारी साधनमा खसी–बोका राखेमा कारबाही हुने भएको छ ।

सल्यानमा गाडीमा खसीबोका राख्दा यात्रुलाई समस्या हुने भएकाले राख्न नदिने कार्यको सुरुवात भएको हो।यहाँको स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयले गाडी व्यवसायीले केही रकमको लोभमा यात्रुबाहक गाडीमा खसीबोका राख्दै आएकाले यसलाई अब पूर्णरुपमा बन्द गरिने बताएको छ ।

गाडीमा खसीबोका राख्दा यात्रा असुरक्षित हुने भएकाले आफूहरुले राख्न नदिने अभियानको सुरुवात गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । अब राप्ती राजमार्ग अवरुद्ध गरी १० मिनेट पनि गाडी रोक्न नपाइने उनले बताए । खसीबोका राखेको तथा मादक पदार्थ सेवन गरी गाडी चलाएको पाइए सार्वजनिक मुद्दा दर्ता गरेर कानूनी कार्वाही गरिने डिएसपी शाहीको भनाई छ ।

गाडीमा राखिएका खसीबोका हटाउन मात्र एक घण्टा बढी समय लाग्ने र त्यसले यात्रुलाई समयमा नै गन्तव्यमा पुग्न समस्या हुने गरेको प्रहरीको बुझाई छ । खसीबोकाका कारण दुर्घटना पनि बढ्दै गएको बताइएको छ। जथाभावी रुपमा पार्किङ गर्दा गाडी चिप्लिएर दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । गरिकन्युजबाट

कमेन्ट गर्नुहोस्