कतारमा ३ महिनामा २७ नेपालीको ज्यान गयो, ८ जना कोमामा

दोहा, जेठ ६ । तीन महिनाभित्र कतारमा वैदेशिक रोजगारीका लागि पुगेका २७ जना नेपालीले ज्यान गुमाएका छन् । २०७५ माघ १ देखि २०७५ चैत्र मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै दूतावासले विभिन्न कारणले कतारमा ३ महिना भित्र २७ नेपालीले ज्यान गुमाएको उल्लेख छ ।

याे पनि पढ्नुस  नेपाली जन प्रगतिशील मञ्च कतारले पठायो बाढी पीडितका लागि आकस्मिक राहत

यस्तै, कतारका विभिन्न अस्पतालमा सिकिस्त बिरामी भएर ८ जना नेपाली कोमामा रहेका छन् । साथै, कानुनी कारबाहीको सिलसिलामा कतारको केन्द्रिय कारागारमा सजाय भुक्तानका लागि बसेका नेपालीको संख्या ३७ पुगेको छ ।

यस्तै, दूतावासले तीन महिना भित्र आफ्नो सुरक्षित गृह सेल्टर हाउसमा राखेर दुई महिलालाई उद्दार गरि स्वदेश फिर्ता गरेको छ । भिसा अवधी सकिएका र अबैधानिक बनेका २७५ जना नेपालीलाई कानुनी प्रक्रिया पूरा गरि स्वदेश फिर्ता गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्