यौन क्रियाकलापमा संग्नल ५ जना प्रहरीको फन्दामा

संखुवासभा, जेठ ५ । अनैतिक क्रियाकलापमा संग्लन भएको आरोपमा संखुवासभाको सदरमुकाम खाँदबारीको एक होटलबाट ५ जना पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा होटल सञ्चालकसहित ५ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार पक्राउ पर्नेहरूमा दुईजना पुरुष र तीनजना महिला रहेका छन् ।

याे पनि पढ्नुस  जातीय विभेद गर्दै प्रधानाध्यापक कुट्ने २ जना पक्राउ

रातको समयमा होटलभित्र अनैतिक क्रियाकलाप गरेको आरोपमा होटल सञ्‍चालकलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

कमेन्ट गर्नुहोस्