विश्वकप क्रिकेटः पाकिस्तानको ‘फाइनल टिम’ घोषणा

काठमाडौं, जेठ ७ । यही ३० मे देखि इंग्ल्याण्ड र वेल्समा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि पाकिस्तानले टोली घोषणा गरेको छ । घोषणा गरिएको टिममा वर्तमान कप्तान सरफराज अहमदलाई नै नेतृत्वको जिम्मेवारी दिइएको छ । 

पाकिस्तानले प्रारम्भिक टिममा स्थान नदिएका मोहम्मद आमिर, वहाब रियाज र आशिफ अलिलाई मौका दिइएको छ । उनीहरुलाई आबिद अली, फहिम अशरफ र जुनैद खानको स्थानमा मौका दिइएको हो । मुख्य छनोटकर्ता इन्जामाम उल हकले गद्दाफी रंगशालामा टिममा परेका अन्तिम सदस्यको घोषणा गरेका हुन् ।

याे पनि पढ्नुस  विश्वकप विजेताले ४५ करोड पाउने, अरु टिमले कति पाउँदैछन् ?

पाकिस्तानको फाइनल टिमः सरफराज अहमद (कप्तान र विकेटकीपर), बाबर आजम, फखर जमान, इमाम उल हक, हरिश सोहेल, आसिफ अली, मोहम्मद हफीज, इमाद वासीम, हसन अली, शाहीन शाह अफरीदी, मोहम्मद आमिर, मोहम्मद हसनैन, शादाब खान, शोयव मलिक र वहाब रियाज।

कमेन्ट गर्नुहोस्